स्यालुट

तस्विर सौजन्य: गुगल

म साथीको लागि नेपाल खाद्य संस्थानमा विभिन्न रिक्त पदहरू परिपुर्ति गर्न खुलेको विज्ञापनमा दरखास्त फाराम भर्न गएको थिए। आजभोली प्राय सबैजसो संघ संस्थाले अनलाइनबाटै दरखास्त लिने गरेकोले म यसरी फाराम भर्न नगएको धेरै भएको थियो। फाराम भर्मुभन्दा पहिले राष्ट्रिय बाणिज्य बैङ्कमा भौचर काट्नु पर्ने भएकाले बैङ्क गए। बैङ्क जाँदा गेटमा एकजना महिला कर्मचारीले मलाई रोक्दै ‘के कामको लागि?’ भनेर सोधिन। ठीक त्यसैबेला भित्रबाट एउटा गाडी आयो। उनले मलाई एकछिन पर्खन आग्रह गर्दै ती गाडीमा सवारयुक्त महानुभावलाई ‘स्यालुट’ (सलाम वा अविभादन) गरिन। र फेरी मलाई पहिलेकै प्रश्न दोहोर्याएर सोधिन। मैले पनि माथि उल्लिखित व्यहोरा बताएर भित्र पसे। लाईनमा उभिएर भौचर भर्नेहरुको लामो पंक्ति थियो। सबै आ-आफ्नो पालोको पर्खाइमा थिए। म पनि आफ्नो पालो आएपछि भौचर लिएर फाराम बुझाउन नजिकै रहेको खाद्य संस्थानको कार्यालयको लाइनमा लागे। किताब बेच्ने र ‘ट्युसन क्लास’ पढाउने नाम, ठेगाना, र फोन नम्वर बाड्नेहरूको पनि निकै चहल पहल थियो। लाईनमा कुरेर आफ्नो पालो नआइकन कार्यालय समय सकिएपछि कार्यालयकै एकजना कर्मचारीले सबैको फाराम बटुलेर पछि सम्पर्क गर्न भने। म पनि त्यसै गरेर कोठातिर फर्किए।’दोषी चस्मा’मा जरसाहेबलाई स्वस्ति गर्न जीवनभर मनको बाघले पिरोली पो रहन्छ जस्तो लाग्छ कि?

‘दोषी चस्मा’ मा जरसाहेबलाई चस्माले धोका दिएपछि स्वस्ति गर्न छुटेझै जीवनभर मनको बाघले पिरोली पो रहन्छ जस्तो लाग्छ कि?

त्यो दिनभरी लाईनमा कुर्दा अरु कुर्नेहरू जस्तै म पनि यो अनलाईनको जमानामा किन मान्छेहरूलाई दु:ख दिएको होला भनेर सोच्दै थिएँ। फेरी सरकारले पनि ‘डिजिटल नेपाल’ को नारा ल्याएको छ। एक जना लाईनमा क्रमबद्ध व्यक्ति भन्दै थिए, ‘यहाँ मानिसलाई कम्प्युटर नै चलाउन आउँदैन’। तर उक्त दिनभरी र कोठामा पुगिसकेपछि मलाई अनलाईनबाट किन नगर्न सकेको भन्ने भन्दा पनि ती महिलाले ठोकेको स्यालुट चित्र दिमागभित्र खेलिरह्यो। किन उनले गर्न लागेको काम रोकेर पनि ती सवारीमा आसिन महानुभावलाई स्यालोट ठोकिन? जसले गाडीको सिसा बन्द गरेका थिए र उनको स्यालोट प्रति कुनै प्रतिक्रिया नजानाइ गए। आखिर किन सुरक्षामा खटिने कर्मचारी आफूभन्दा माथिल्लो अधिकृत कर्मचारीलाई स्यालोट ठोक्नुलाई यति महत्व दिन्छन्? के कर्मचारीले प्रत्येक पल्ट गर्नलागेको काम छोडेर पनि स्यालोट ठोक्नै पर्ने हो? स्यालोट नठोकेमा के हुन्छ? बीपी कोइरालाको ‘दोषी चस्मा’ मा जरसाहेबलाई चस्माले धोका दिएपछि स्वस्ति गर्न छुटेझै जीवनभर मनको बाघले पिरोली पो रहन्छ जस्तो लाग्छ कि?यी र यस्तै प्रश्न मेरो मानसपटलमा खेलिरहे।

मलाईचाहिँ अरु काम रोकेर वा छोडेर पनि स्यालोट ठोक्नु सम्मान नभएर चाकडी गरेको हो बाहेक अरु केही होइन जस्तो लाग्छ!

Advertisements
Create your website at WordPress.com
Get started